अपराध

डेढ किलो सुन र डेढ करोड नगदसहित सात जना पक्राउ

डेढ किलो अवैध सुन र डेढ करोड नगदसहित सात जना पक्राउ परेका छन् ।  प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक किलो ८०० ग्राम सुन र एक करोड ४० लाखभन्दा बढी नगदसहित उनीहरुलाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमध्ये केही भारतीय नागरिकसमेत रहेको र एकजना नाबालक रहेको बताइएको छ ।  यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।  

Page 3 of 181