दुर्गमको बाटोमा लाखौं भ्रष्टाचार

दुर्गमको बाटोमा लाखौं भ्रष्टाचार

हुम्लाको चंखेली गाउँपालिकाको बाटोमा भ्रष्टाचार गरेको आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, तत्कालिन इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, वडा नम्बर ३ का पूर्ववडाध्यक्ष सालिग्राम ऐडी, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीविरुद्ध मुद्दा दायर गरेको छ । 

उनीहरुको मिलेमतोमा आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालित चंखेली गाउँपालिका वडा नम्बर ३, स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको अख्तियारको ठहर छ ।

उनीहरुले निर्माणस्थलको वास्तविक तथ्य लुकाएर भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी झुट्टा, गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरेर उपभोक्ता समितिलाई दुई लाख २२ हजार ५०३ रुपैयाँ बढी भुक्तानी दिएको पाइएको छ । 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिमको कसुरमा कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
 

टिप्पणीहरू