‘ब्ल्याकमेल’ काे नाैलाे धन्दा, ‘फिटनेस चेकअप’ भन्दै युवतीकाे नाङ्गो फोटाे माग

‘ब्ल्याकमेल’ काे नाैलाे धन्दा,  ‘फिटनेस चेकअप’ भन्दै युवतीकाे नाङ्गो फोटाे माग

युवतीहरुलाई ‘ब्ल्याकमेल’ गरेको अभियोगमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी पक्राउ परेका हुन् । 

फेसबुकमा ‘पाथीभरा माता’ नामक अकाउन्ट खोलेर युवतीहरुलाई ‘ब्ल्याकमेल’ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले सामाजिक सञ्जालमा रोजगारीका विभिन्न खालका प्रचार गर्दै आएका थिए । 

रोजगारी दिलाउने बहानामा ‘फिटनेस चेकअप’ भन्दै युवतीहरुलाई नग्न फोटो तथा भिडियो पठाउन लगाएको साइबर ब्युरोका सूचना अधिकारी दीपकराज अवस्थीले जानकारी दिए । अधिकारीले नग्न फोटो तथा भिडियो पाएपछि युवतीहरुलाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए । 

प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

टिप्पणीहरू