ज्यान मार्ने धम्कीपछि वृद्धामाथि करणी

ज्यान मार्ने धम्कीपछि वृद्धामाथि करणी
सुन्नुहोस्

उदयपुरमा ६६ वर्षीया वृद्धामाथि जबरजस्ती करणी भएको छ । लिम्चुङबुङ गाउँपालिका–४, लाकु बस्ने ५७ वर्षीय श्यामशेर राईलाई करणी गरेको आरोपमा प्रहरीले पक्रेको छ । 

उनले ती महिलालाई अस्ति ज्यान मार्ने धम्की दिएर करणी गरेको बुझिएको छ । इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू