नक्कली अनुमति पत्र पेश गरेका शिक्षक अख्तियारको फन्दामा

नक्कली अनुमति पत्र पेश गरेका शिक्षक अख्तियारको फन्दामा

पर्साको धोबिनी गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक जनार्दनप्रसाद कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

नक्कली अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कानुले नक्कली प्राथमिक तह अध्यापन अनुमति पत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको पाइएको छ । 

उनीविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

टिप्पणीहरू