नोट अफ डिसेन्ट

पार लाग्दैन पनि भन्ने, जिताएर यिनैलाई पठाउने

पुराना काम नलाग्ने भए । तिनबाट पार लाग्दैन अब । कुनै भिजन छैन । पुराना भनेका पुरानो टेप रेकर्डरजस्तै हुन् उही कुरा दोहो¥याइरहने । भिजन उही पचासकै दशकको, भाषण उही पचासकै दशकको जस्तो र चरित्र पनि उनै ताकाको जस्तो । अझ अघि बढेर भन्दा प्रतिगामी किसिमको पो देखिन्छ त पचासको दशकभन्दा पनि । नयाँले केही गर्थे होलान् तर तिनलाई पुरानाले नेतृत्वमा आउनै दिन्नन् । काम गर्ने अवसर नै दिन मान्दैनन् । नयाँ जतिसुकै तगडा भए पनि तिनको कुनै गिन्ती नै हुन्न । पुरानाले तिनलाई गन्दै गन्दैन…

Page 2 of 9