कांग्रेसले तीनदिन झण्डा आधा झुकाउने

कांग्रेसले तीनदिन झण्डा आधा झुकाउने
सुन्नुहोस्

नेपाली कांग्रेसले पूर्वमन्त्रीसमेत रहेका पार्टीका पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनको शोकमा तीन दिन झण्डा झुकाउने भएको छ । 

स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गर्न आजदेखि शनिबारसम्म तीनै तहका कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द रहने र स्वर्गारोहणको १३ औं दिनसम्म शोक पुस्तिका राख्ने पनि कांग्रेसको निर्णय छ । सोही दिन सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने पनि कांग्रेसले जनाएको छ । 

संविधान सभा सदस्यसमेत रहेका गुरुङको अस्ति बिहान काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

टिप्पणीहरू