नोट अफ डिसेन्ट

टोपी दिवशमा धोतीका कुरा

रमण पनेरु जर्मनी बसाइको सुरुवाती दिनमा नेपाली हुँ भन्दा नेपालबारे जिज्ञाशा राख्ने धेरै हुन्थे । कतिले चीन र भारतसँग जोडेर मेरो राष्ट्रियतालाई परिभाषित गर्ने कोसिससमेत गर्थे । म सकेसम्म सबैलाई स्पष्टीकरण दिँदै हिँड्थें । देश र संस्कृतिको महत्व त्यति नै बेला मलाई अनुभूति भएको हो । देशमा छँदासम्म कसैलाई आफ्नो परिचय दिइरहनु परेन । देशबाहिर जाँदा सबैले त्यही नै मागे । अरूलाई परिचय दिनुअघि आफंै पनि जान्नुपथ्र्यो । त्यसैले ती दिनमा मैले आफंैलाई चिन्ने अवसरसमेत प्राप्त गरेँ । …