शहरभित्र

मिसन ८४

देशमा केही गर्छु भनेर आएको नयाँ पार्टी रास्वपाले भर्खरै आफ्नो लक्ष्य सार्वजनिक गर्‍यो– मिसन ८४ । प्रमुख प्रतिपक्षी दल एमालेले त अस्ति नै मिसन ८४ घोषणा गरिसकेको थियो । अहिले पश्चिमदेखि शुरु भएको एमालेको संकल्प यात्रा जो छ, त्यो पनि मिसन ८४ कै एउटा अंग हो । नेपाली कांग्रेसका महामन्त्री गगन थापा त अहिले नै मिसन ८४ को लाइनमा लागि नै सकेका छन् ।  यसबाट थाहा हुन्छ, देशका जम्मै राजनीतिक दल यतिखेर वि.सं. २०८४ को चुनावमा केन्द्रित छन् । उनीहरू जम्मैको ध्यान ८४ …