शहरभित्र

ठूला माछाहरू

नेपालको माछा बजारमा ठूलो साइजको माछा नआएको धेरै भइसकेछ । जति माछा आउँछन् उही स–साना साइजको मात्रै, जसको कुनै कामै छैन । यस्तो अवस्थामा अहिले भर्खरै एउटा ठूलो माछा आएको छ । श्री रवि लामिछाने जब गृहमन्त्री बन्नुभयो, तब ठूलो माछा पक्राउ परिहाल्यो । धेरै समयपछि एउटा ठूलो माछा समाउन सकेकोमा पूरै माछा बजार खुशी भएको छ । कमरेड कृष्णबहादुर महरा यो देशकै ठूलो माछा हो भन्ने कुरा सबैलाई थाहा छ । तर, थाहा भएर के गर्नु, समाउन जान्ने माझी पनि त हुनपर्‍यो नि !…