संसद अधिवेशनअघि क्याबिनेट मिटिङ, आजै बस्दैछ काँग्रेस संसदीय दलको बैठक

संसद अधिवेशनअघि क्याबिनेट मिटिङ, आजै बस्दैछ काँग्रेस संसदीय दलको बैठक फाइल फाेटाे
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय दलको बैठक डाकेको छ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा राखिएको छ ।

बैठकमा भोलिदेखि शुरु हुन लागेको संसद अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने काँग्रेस सचिवालयले जनाएको छ । आज काँग्रेसले पछिल्ला दिनमा उत्पन्न राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल गर्दैछ । 

आजै दिउँसो ४ बजे मन्त्रिपरिष्दको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमा बस्ने बताइएको छ ।
 

टिप्पणीहरू