पाठकपत्र

रातभर के को झलमल, केमा अलमल ?

भदौ २१ गते साँझ ७ बजेसम्म मालपोत कार्यालय खोलेर काम गरेको भन्दै प्रजिअको निर्देशनमा प्रहरीद्वारा नियन्त्रणमा लिइएका ६४ थान लिखत फिर्ता भएको छैन । भर्खरै गृहमा सरुवा भएका बालकृष्ण पन्थी र मालपोत प्रमुख घनश्याम उपाध्यायबीच ०७२ असार १५ गतेको एउटा निर्णयले सम्बन्ध बिग्रिएको थियो । नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले पाँचखाल नगरपालिकामा ५५ आना जग्गा खरिद गर्दै थियो । जग्गाको वास्तविक मूल्य ३७ लाख ५० हजार । शाखा प्रमुख नवलकिशोर गोइतले ८० लाख कमिसन मिलाएर मूल्य तेब्बर बनाएका थिए ।…