डिभोर्स गर्न गएका श्रीमानले अदालतमै श्रीमती भकुरे

डिभोर्स गर्न गएका श्रीमानले अदालतमै श्रीमती भकुरे
सुन्नुहोस्

सम्बन्ध बिच्छेदको तयारीमा रहेका श्रीमानले अदालतमै श्रीमती कुटेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका-३ का दिपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई हिजो जिल्ला अदालत परिसरमा कुटेका हुन् । 

सम्बन्विच्छेदको मुद्दाको पेसीका लागि उनीहरु जिल्ला अदालत पुगेका थिए । त्यसक्रममा इजलासतर्फ जाने सिँढीमा रहेकी मनसुवालाई दिपकले निर्घात कुटेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए । 

कुटपिटबाट घाइते भएकी मनसुवालाई प्रहरीको रोहवरमा उपचारको लागि अस्पताल पठाइएको र दिपक समातिएका छन् । अदालतभित्रै श्रीमती कुटेका उनीविरुद्ध कुन मुद्धा चलाउने भन्ने विषयमा आज टुंगो लाग्ने बताइएको छ ।

 ६ वर्षअघि बिबाह गरेका दिपक र मनसुवाबीच पछिल्लो समय सम्बन्धमा खटपट थियो । श्रीमानसँग सम्बन्ध विग्रिएपछि एकवर्ष यता अर्घाखाँची (माइत)मा बस्दै आएकी मनसुवाले गत फागुन १३ गते जिल्ला अदालतमा डिभोर्सको मुद्धा दर्ता गराएकी थिइन् । 

हिजो न्यायाधीशले आदेश गर्नेगरी मुद्दाको पेशी तोकिएको थियो । तर, हिजो घटनाले अर्कै रुप लिएपछि आज मनसुवाका आफन्तसमेत अदालत पुगेका छन् ।
 

टिप्पणीहरू