सेनामा मंगलबारदेखि साढे तीन सयभन्दा बढी जनशक्ति घट्दै

सेनामा मंगलबारदेखि साढे तीन सयभन्दा बढी जनशक्ति घट्दै
सुन्नुहोस्

नेपाली सेनामा रहेकामध्ये जेठ १ गतेदेखि साढे तीन सयभन्दा बढी सैनिकले अवकाश लिने भएका छन् । विभिन्न पदमा कार्यरत ३६३ जना सैनिकले मासिक निवृत्तिभरण अर्थात् पेन्सन लिने, उपदान तथा राजीनामा दिएर सेवाबाट बाहिरिन लागेका हुन् । 

आउँदो जेठ १ गतेबाट अवकाश हुन लागेकामध्ये सबैभन्दा धेरैले निवृत्तिभरण पाउने छन् । निवृत्तिभरण पाउनेगरी अवकाश लिएका ३३७ सैनिकमध्ये सुबेदार ४, प्राविधिक सुबेदार २, जमल्दार २८, प्राविधिक जमल्दार २, का.हुद्दा २, गु.का.हु १, गु.प्र. हुद्दा ४ र ग.का. हुद्दा एक जना छन् । 

त्यस्तै, हुद्दा ११७, प्राविधिक हुद्दा ५, अमल्दार १३१, प्राविधिक अमल्दार ३, प्युठ १०, सिपाही ११, ब.का.हु १, ब.का.अम १, ब.का.सि ७, सफाईकर्मी १, लोहाकार १, केशकर्तक १, सूचीकार १ र सयस १ छन् । पेन्सन पाउन लागेका सुबेदारमा कृष्णबहादुर कुँवर, राजेन्द्र सिंह कार्की, क्षेत्रबहादुर कुमाल, समिर तामाङ्ग हुन् । यसैगरी, प्राविधिक सुबेदार देवेन्द्रकुमार पौडेल र रमेश नाखन हुन् ।

त्यसैगरी जमल्दारमा अर्जुन श्रेष्ठ, वसन्त खतिवडा, रोमबहादुर दाहाल, तुनबहादुर घर्तीमगर, बिरबहादुर गुरुङ्ग, मनु गुरुङ्ग, नित्यानन्द पन्त, घनश्याम विष्ट, अमृतसिंह खड्का, लालबहादुर सुनुवार छन् । उनीहरुसँगै सावित्री आचार्य, भिमबहादुर विक, भोलामान खत्री, डम्बरबहादुर विष्ट, टुकबहादुर कटुवाल, रामकुमार तामाङ्ग, वेदबहादुर सुनुवार, रामु नेपाली, राजकुमार श्रेष्ठ, शालिकराम रेउले, खगेन्द्रबहादुर थापा, रामबहादुर सिंह, रामशरण आले, कृष्णबहादुर बस्नेत, नेत्रबहादुर रानामगर, रामबहादुर भट्टराई, कृष्णकुमार आलेमगर, श्यामबहादुर कार्की, युवराज सुवेदीले पनि सैन्य सेवा छाड्न लागेका हुन् । 

प्राविधिक जमल्दार रघु केसी (खत्री), का.हुद्दा रुद्रमणि पुन, कृष्णप्रसाद शर्मा, गु.का.हुद्दा मनोज दमाई, गु.प्र.हुद्दा नरबहादुर थापा, सम्मरबहादुर थापामगर, केरबहादुर लुङ्गेली मगर, दुर्गाबहादुर कटुवाल, ग.का.हुद्दा धनीबहादुर बडुवाल, हुद्दा दुर्गाबहादुर घले, सोमबहादुर थापा, शिवबहादुर भण्डारी, सन्तबहादुर तामाङ्ग, मेघराज कठायत, डबलबहादुर भाट, कमलबहादुर लामाले पनि अवकाश लिँदै छन् । 

गोकुल भण्डारी, जीवन खड्का, जयश्वर धिताल, रामकुमार श्रेष्ठ, राजु थारु, पदमबहादुर बुढा क्षेत्री, छबीलाल थारु, गणेशबहादुर सुवेदी, हिरालाल श्रेष्ठ, पूर्णबहादुर केसी, नमराज माझी,भक्तबहादुर गुरुङ्ग, हरिराम विक, लक्ष्मणराज भाट, गौतम थापा, राजकुमार महत्तो, अर्जुनकुमार श्रेष्ठ, चन्द्रबहादुर खत्री, रामचन्द्र पुन, कृष्णप्रसाद श्रेष्ठ, मिनबहादुर देउवालगायत अवकाश लिनेको सूचीमा छन् । 

यता, उपदानतर्फ २५ जनाको नाम उल्लेख छ । जसमा अमल्दार ४, प्युठ १२, सिपाही ९ जना रहेका छन् । राजकुमार पौडेल, सरोज अधिकारी, होमबहादुर थापा, राधा दनुवार, प्युठ चिरन खासु, टंकप्रसाद जैसी, प्रकाश साउद, प्रमोद भण्डारी, हरिषराम भुल, नारद विष्ट, प्रदिप सुनार, नवराज पाण्डे, गंगा गुरुङ्ग, भविन्द्रबहादुर शाही, सरोज बस्याल, आशिष तामाङ्गलगायतले एकमुष्ठ रकम उपदान लिएर सेवाबाट अवकाश लिन लागेका हुन् । 

त्यस्तै, सिपाहीमा विशाल बोहरा, तिलक न्यौपाने, मिलन खत्री, खेमराज क्यापछाकी, राजेश महर्जन, विमल बुढा, सञ्जय केसी, सुरेशबहादुर रोकामगर, सुमनबहादुर शाही छन् । सिपाही सुजन जिसीले बीचमै जागिर छाडेका छन् । उनले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।

टिप्पणीहरू