स्वास्थ्य

प्रधानमन्त्री वीर अस्पतालमा, दाँतको उपचार हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर अस्पताल पुग्नुभएको छ । उहाँ दाँत दुखेपछि उपचारको निम्ति केही बेरअघि उक्त अस्पताल जानुभएको हो । अहिले उहाँको दाँतको उपचार भइरहेको जनाइएको छ । डा. रितु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोली प्रधानमन्त्रीको उपचारमा संलग्न रहेको बुझिएको छ । आज बिहानैदेखि दाँत दुखेपनि उहाँ राजधानी बाहिरको कार्यक्रममा सहभागी हुनुभएको थियो ।

Page 1 of 21