सरकारी अस्पतालमा बिरामी नजाँच्ने चिकित्सकलाई कारबाही

सरकारी अस्पतालमा बिरामी नजाँच्ने चिकित्सकलाई कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकमाथि कारबाही गर्ने भएको छ । मन्त्रालयले मातहतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा कारबाही गर्ने बताएको छ ।

मन्त्रालयअन्तर्गतका विभाग, अस्पताल, केन्द्र तथा मातहतका निकाय एवम् कार्यालयमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरुमा बिरामी जाँच गर्ने र सोसम्बन्धी विज्ञापनसमेत प्रकाशन÷प्रसारण गर्ने गरेको गुनासो प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले त्यस्ता कार्य प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरण विपरीत हुने हुँदा आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न समेत भनेको छ । अन्यथा, स्वास्थ्य सेवा ऐन, २०५३, नियमावली, २०५५ तथा सेवा सञ्चालनसम्बन्धी प्रचलित कानूनबमोजिम कारबाही गरिने र सोको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयम् हुने पनि मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू