रामेछाप जान लागेका बागमतीका मुख्यमन्त्री बाटैमा बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

रामेछाप जान लागेका बागमतीका मुख्यमन्त्री बाटैमा बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
सुन्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी परेका छन् । रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी बाटैमा अस्वस्थ भएका हुन् । 

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय अस्पतालमा मुख्यमन्त्री जमकट्टेलको उपचार गराइएको र चिकित्सकले थप उपचारका लागि काठमाडौं लैजान रिफर गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गृह मन्त्रालयलाई पत्र लेखेर हेलिकप्टर मगाएको छ । 

गृहले हेलिकप्टर उपलब्ध गराइदिन रक्षा मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ ।

टिप्पणीहरू