विनोद चौधरीको शान यता,धन र मन उता
विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरी फेरि विदेश उडेका छन् । चौधरी फ्लाई दुबईको उडान नम्बर एफजेड ५७६ मा काठमाडौंबाट राति साढे ८ बजे त्यता गएका हुन् ।
उनी पछिल्लो पटक भदौ तेस्रो साता सिंगापुर गएका थिए । त्यसपछि नयाँ दिल्ली हुँदै फर्केका उनी हिजो राति दुबई उडेका छन् ।
चौधरीमाथि वैदेशिक लगानीको स्रोत नखुलाई विदेशमा लगानी गरेको आरोप लाग्दै आएको छ । उनले भारत, बंगलादेश, श्रीलंका, दुबई, सिंगापुर, चीन, अमेरिका, केन्या र युरोपेली मुलुकहरुमा लगानी गरेका छन् । ती मुलुकमा गरिएको लगानीको नाफाको व्यवस्थापनका लागि चौधरी प्रायः विदेश गइरहन्छन् ।
उनको नेपालमा भन्दा विदेशमा सयौं गुणा बढी लगानी छ । डलर अर्बपतिको बिल्ला भिरेका उनले मुलुकमा थोरै कर तिर्ने गरेका छन् । सांसदको हैसियतमा उनी नेपाली भएपनि चौधरीको परिवारको धन र मन विदेशमा रहेको पुष्टि भएको छ ।
टिप्पणीहरू