काठमाडौँका यी स्थानमा तीनदिन बत्ती जाने

काठमाडौँका यी स्थानमा तीनदिन बत्ती जाने

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तीनदिन विद्युत आपूर्ति बन्द हुने भएको छ । 

स्युचाटार सबस्टेशनदेखि मातातीर्थ सबस्टेशनसम्म रहेको १३२ केभी प्रशारण लाइन मर्मतका लागि विद्युत बन्द गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित उक्त प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले आज सूचना जारी गर्दै भोलिदेखि सोमबारसम्म प्रत्येक दिन बिहान ८ देखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिएको छ । 

प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई झिकेर नयाँ कन्डक्टर राख्न लागिएको जनाइएको छ । आयोजनाका अनुसार हसनटार फिडरअन्तर्गत रहेको स.स अगाडि, पाटीचोक, अमरज्योती, पुरानो हेल्थ पोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाउँ, हसनटार, कंकाली, पँहेलो गुम्बा, गोदामथोक, महांकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्तीगाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुंगा, खड्कागाउँ, खत्रीगाउँ, छत्रे देउराली क्षेत्रमा बत्ती जानेछ । 

त्यस्तै, खड्का गाउँ फिडरअन्तर्गत स.स गेट, शालिकचोक, एलआरआई, खड्कागाउँ, न्यूडाइमण्ड, पुरानो हिमशिखर, पिपलकोट, थानेटार, भाँडा कारखाना, मितेरी चोक, पञ्चकन्या स्कुल क्षेत्र तथा थानकोट फिडरअन्तर्गत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राईट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भञ्याङ्ग, बाईछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ । 

आयोजनाले जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरअन्तर्गतका क्षेत्रमा पनि विद्युत अवरुद्ध हुने जानकारी दिएको छ । जसअनुसार थानकोट फिडरअन्तर्गतका सोही क्षेत्र र बलम्बु फिडरअन्तर्गत कलंकी, ढुंगेअड्डा, आर्केड कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, संतुगल, नयाँ नैकाप, चुनदेवी, प्रगतीनगर क्षेत्रमा बत्ती जानेछ ।
 

टिप्पणीहरू