भारततर्फको सीमा नाका सिल गरिँदै

भारततर्फको सीमा नाका सिल गरिँदै

भारतसँग सीमा जोडिएको कैलालीका नाकाहरु आजदेखि बन्द (सिल) गर्न लागिएको छ । भारतको उत्तर प्रदेश राज्यको खिरीमा आगामी सोमबार हुन गइरहेको लोकसभा निर्वाचनका कारण सीमानाका बन्द गर्न लागिएको हो । 

जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाकाहरु आज साँझ ६ बजेदेखि बन्द हुनेछन् । वैशाख ३१ गते मतदान कार्य समाप्त नहुँदासम्मका लागि नाका बन्द हुने सिडियो कार्यालयले जनाएको छ । 

सिडियो कार्यालयले भारतीय पक्षबाट पत्राचार भएकोले यो निर्णय गरिएको बताएको छ । नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अगावै सीमानाका बन्द गर्ने गरिन्छ ।

टिप्पणीहरू