परीक्षा केन्द्रबाट उत्तरपुस्तिका लिएर हिँडेकाहरु पार्टी प्यालेसमा बसेर लेख्दै

परीक्षा केन्द्रबाट उत्तरपुस्तिका लिएर हिँडेकाहरु पार्टी प्यालेसमा बसेर लेख्दै

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौंको कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकालीका १९ वर्षीय सविन पौडेल, कागेश्वरी मनोहराका २० वर्षे सितेशकुमार यादव र कागेश्वरी थली बस्ने वर्ष २३ का रोशन रानाभाट पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । ती सबैले हिजो बिहान भएको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोप छ । 

प्रहरीका अनुसार प्रश्नपत्र आउट गरेपछि काठमाडौं महानगरपालिका–६, स्थित वेलकम पार्टी प्यालेसको हलमा बोर्डबाट जारी भएको मूल उत्तरपुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा उनीहरु फेला परेका थिए । 

पक्राउ परेका चारै जनामाथि शिक्षा ऐन, २०२८ बमोजिमको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू