स्वास्थ्य

कैफियतमा रहेका चार सय नर्स एकैचोटी बढुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवामा कार्यरत नर्सिङ कर्मचारीको स्तरवृद्धि गरेको छ । मन्त्रालयले एकैपटक देशैभरिका स्वास्थ्य सेवामा कार्यरत चार सय ५ जना स्वास्थ्यकर्मीको बढुवा गरेको हो ।  ‘२०७९ साल असार महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सिअनमी सहायक पाँचौ तहमा स्तरवृद्धि गरिएको छ,’ सूचनामा भनिएको छ ।

Page 20 of 21