स्वास्थ्य

टेकु अस्पतालले मनायो ८९ औं वार्षिकोत्सव

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ८९ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालका अध्यक्ष डा. चीनबहादुर पुनको अध्यक्षतामा गत मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पदम गिरी प्रमुख अतिथि रहेका थिए ।  सो अवसरमा स्वास्थ्यमन्त्री गिरीले कोभिड महामारी नियन्त्रणमा अस्पतालको भूमिकाको खुलेर प्रशंसा गरेका थिए । इतिहासको अत्यन्त कठिन घडीमा उच्च मनोबलका साथ कोभिड नियन्त्रणमा होमिएको टेकु अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरुको जति प्रशंसा गरेपनि कम हुने उनले बताए ।…

Page 19 of 21