काठमाडौँ महानगरपालिका

जरिवाना तिर्न राप्रपालाई दिइयो महानगरपालिकाको बैंक खाता नम्बर

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएवापत जरिवाना तिराउने भएको छ ।  गत चैत २७ गते राप्रपाको आन्दोलनमा प्रदर्शनकारी भृकुटीमण्डपबाट माइतीघरतर्फ जाँदै गर्दा झडप भएको थियो । सोही क्रममा भद्रकाली ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै महानगरले राप्रपालाई जरिवाना तिराउने निर्णय गरेको छ । महानगरका अनुसार राप्रपाले ट्राफिक आइल्याण्डको मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार ज…