४० जनालाई काठमाडौँ महानगरको सफ्टवेयर डिभलपमेन्ट तालिम

४० जनालाई काठमाडौँ महानगरको सफ्टवेयर डिभलपमेन्ट तालिम

काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डिभलपमेन्ट तालिम संचालन गरेको छ । 

महानगरको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा पन्ध्र हजार युवालाई सिप सिकाउन तथा पाँच हजारलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित आजबाट तालिम थालिएको हो । 

दुई महिने तालिमका लागि दुई सय ४४ जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये सूचकका आधारमा छानिएका ४० जनालाई दुई सिफ्टमा विभाजन गरी तालिम आयोजना गरिएको महानगरले जनाएको छ ।  

महानगरका अनुसार सफ्टवेयस विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सिप प्रदान गर्नु हो । एक सय २५ घण्टे यो तालिम ७५ घण्टा अन द जबमा आधारित हुने बताइएको छ । 

त्यस्तै, सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ । कम्प्युटर विज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङ्जस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैर प्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीव्र इच्छा भएका कोडिङ् तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको महानगरले जनाएको छ ।

टिप्पणीहरू