'गरिब होइन गरिबी हटाऊ' भन्दै बालेनविरुद्ध प्रदर्शन

'गरिब होइन गरिबी हटाऊ' भन्दै बालेनविरुद्ध प्रदर्शन

फुटपाथ व्यवसायीलाई बलपूर्वक हटाउने काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध बृहत नागरिक आन्दोलन र स्वतन्त्र युवाहरुको समूहले प्रदर्शन गरेको छ । 

राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संगठनका अध्यक्ष लिला बहादुर दाहालको नेतृत्वमा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि आज मध्याह्न विरोध प्रदर्शन भएको हो ।

सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले महानगरविरुद्ध नाराबाजीसमेत गरे । त्यसक्रममा उनीहरुले 'गरि खान देउ, महानगर प्रहरी दमन बन्द गर', 'गरिब होइन गरिबी हटाऊ', 'मानवता समानुभूती र जवाफदेहीता नभएको नेतृत्वमा कसरी फरक पर्यो', 'हाम्रो चिनारी क्रुरता कि करुणा', जस्ता नारा लगाएका थिए । 

फुटपाथ व्यवसायी एवं साइकल / ठेला व्यापारी, मजदुर तथा साना व्यवसायीहरूको सम्मानजनक व्यवस्थापन नगरी गैरन्यायिक धरपकडको गर्न नपाइने उनीहरुको माग छ ।

टिप्पणीहरू