ललिता निवासको जग्गा सात दिनभित्र खाली गर्न महानगरको निर्देशन

ललिता निवासको जग्गा सात दिनभित्र खाली गर्न महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ ।

आज जग्गा छेकबार लगाउन पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । सात दिनभित्र सबै भौतिक संरचना हटाउन कडा निर्देशन दिएको महानगरले अन्यथा आफैंले भत्काइदिने चेतावनीसमेत दिएको छ ।

बालुवाटार जग्गा काण्डका नामले प्रख्यात सरकारी जग्गा हिनामिना भएको यस प्रकरणमा प्रहरीले पुनः अनुसन्धान थालेका बेला महानगरले पनि चासो देखाएको हो ।

टिप्पणीहरू