सडकमा माटो झार्दा १५ हजार फाइन

सडकमा माटो झार्दा १५ हजार फाइन

काठमाडौँ महानगरपालिकाले सडकमा जथाभावी माटो झार्ने एक गाडीलाई जरिवाना तिराएको छ । 

महानगरीय प्रहरी बलले रोशन कन्स्ट्रक्सनको गाडीलाई सडकमा माटो झारेको भन्दै १५ हजार रुपैयाँ जरिवाना तिराएको हो । गाडीले थापाथलीदेखि त्रिपुरेश्वरसम्म माटो झारेको महानगरपालिकाले जनाएको छ । 

पछिल्लो समय महानगरपालिकाले सहरलाई व्यवस्थित बनाउन विशेष अभियान सञ्चालन गर्दै आइरहेको छ । 

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा हटाउनुका साथै जथाभावी फोहोर फाल्नेलाई पनि महानगरपालिकाले जरिवाना तिराउँदै आएको छ ।

टिप्पणीहरू