लगानी सम्मेलनकै दिन नेपाललाई चीनको उपहार,भीसा शुल्क छुटको समाचार

लगानी सम्मेलनकै दिन नेपाललाई चीनको उपहार,भीसा शुल्क छुटको समाचार
सुन्नुहोस्

चीन सरकारले आगामी बुधबारदेखि नेपालबाट उता जाने नेपाली नागरिकलाई भीसा  निःशुल्क गर्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन र नागरिकहरूकाे भ्रमण आदानप्रदानलाई थप सहज बनाउन उक्त निर्णय गरिएको बताइएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार आगामी मे १ तारिख (बुधबार) देखि उक्त निर्णय लागु हुने छ । नियमित तालिकाबमोजिम भीसा आवेदन गर्नेलाई निःशुल्क गरिएको छ । जरुरी र अति जरुरी अर्थात् एक्सप्रेस २ र एक्सप्रेस १ मा भीसा आवेदन गर्नेलाई पहिलेको शुल्कको तुलनामा ५० प्रतिशत कम गरिएको छ । 

प्राप्त विवरणअनुसार एक्सप्रेस २ र एक्सप्रेस १लाई क्रमशः एक हजार ३५० र दुई हजार तोकिएको छ । यसअघि उक्त शुल्क दुई हजार सात सय र चार हजार थियो ।

नेपालले चिनियाँ नागरिकलाई यसअघि नै भिसा शुल्क निःशुल्क गर्दै अनअराइभल भीसाको सुविधासमेत दिँदै आएको छ ।

Notice on Exempting Nepali Citizen from Chinese Visa Fees in Nepal

टिप्पणीहरू