जहाज मर्मत ढिलाइबारे छानबिन, सम्झौता विपरित भएकोमा क्षतिपूर्ति

जहाज मर्मत ढिलाइबारे छानबिन, सम्झौता विपरित भएकोमा क्षतिपूर्ति

नेपाल वायुसेवा निगमले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन समिति गठन गरेको छ । निगमको ९ एन–एकेएक्स जहाजको इञ्जिन मर्मतमा पाँच महिनाभन्दा बढी समय लागेपछि छानबिन गर्न लागिएको बताइएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा गत आइतबार बसेको सञ्चालक समितिको बैठकले समिति सदस्य सुधीर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । 

समितिलाई विमानको इञ्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मत सम्भार गर्न पठाइएकोमा समयमा प्राप्त नभएको भाडाको इञ्जिन समयमा नदिएको सम्बन्धमा छानबिन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

 

सम्झौता र शर्तअनुसार समयमा मर्मत र इञ्जिन उपलब्ध गराउन नसकेको सम्बन्धमा क्षतिपूर्ति दाबी गर्न निगमको सीएएम डिपार्टमेन्टले प्रक्रिया अघि बढाइसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
 

टिप्पणीहरू