विमानस्थलपछि यातायात विभागको सर्भर डाउन, सेवा स्थगित

विमानस्थलपछि यातायात विभागको सर्भर डाउन, सेवा स्थगित

यातायात व्यवस्था विभागको कम्प्युटर सर्भरमा समस्या देखिएपछि कार्यालयको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुख सञ्जय थापाले विभागको सर्भरमा समस्या देखिएकाले कार्यालयको सेवा प्रणाली अवरुद्ध भएको जानकारी दिएका छन् ।

उनका अनुसार कार्यालयले प्रदान गर्दै आएको सवारीचालक अनुमतिपत्र वितरण बाहेक नयाँ तथा वर्ग थपको दर्ता, अनुमतिपत्रको नवीकरण, प्रतिलिपि, ट्रायल पासको राजस्व, अनुमतिपत्र प्रमाणीकरण लगायतका सेवाहरु स्थगित भएको छ । 

आजका लागि तोकिएको नयाँ तथा वर्ग थपको दर्ता भोलि बिहान ८ बजेदेखि सुचारु हुने कार्यालय प्रमुख थापाले बताएका छन् । आज जारी सूचनामा भनिएको छ, ‘यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखी कार्यालयको प्रणाली अवरुद्ध हुन गएकोले यस कार्यालयले प्रदान गर्ने सवारीचालक अनुमतिपत्र वितरण बाहेक नयाँ तथा वर्ग थपको दर्ता, अनुमतिपत्रको नवीकरण, प्रतिलिपि, ट्रायल पासको राजस्व, अनुमतिपत्र प्रमाणीकरण लगायतका सेवाहरु स्थगित भएको हुँदा आजका लागि तोकिएको नयाँ तथा वर्ग थपको दर्ता भोलि बिहान ८ बजेदेखि सुचारु हुनेछ ।’

यसअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पटक पटक सर्भर डाउन हुँदा अध्यागमन कार्यालयको काम ठप्प भएको थियो । त्यसबाट हवाई उडान घण्टौंसम्म प्रभावित भएको थियो ।

टिप्पणीहरू