जौको सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै

जौको सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै

वैशाख शुक्ल तृतीयाका दिन आज अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने विश्वासका साथ हिन्दु धर्मावलम्बीहरुले यो पर्व मनाउने गर्छन् ।

आजको दिनदेखि त्रेता युगको शुरुआत भएको धार्मिक विश्वास छ । आज लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म भएकाले आजको दिनलाई परशुराम जयन्ती पनि भनिन्छ ।

जौको सातुमा सख्खर, चिनी, घिउ, दही मिसाइन्छ भने सक्खर हालेर सर्वत बनाइन्छ । आज विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने विश्वास पनि छ । 

अर्कोतर्फ गर्मीमा सख्खरको सर्वत र जौको सातु सेवनले स्वास्थ्यलाई फाइदा पुग्छ ।

टिप्पणीहरू