साहित्य

राजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पण, हुलाक टिकटमा कृष्ण पाउरोटी कहिले ?

वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । साहित्यकार राजकर्णिकारले उक्त संस्मरणात्मक कृति आफूले इमानदारीपूर्वक लेख्ने प्रयास गरेको जानकारी दिएका छन्  उनले कृतिमा पुर्खाले गरेको संघर्ष, पिताले स्थापना गरेको कृष्ण पाउरोटीका रोचक र अप्ठ्यारा समयदेखि वर्तमान स्थितिसम्मलाई प्रस्तुत गरिएको बताए । समालोचक प्रा.डा कृष्णप्रसाद दाहालले राजकर्ण…