टोपबहादुर र बालकृष्णको माग : सँधै जेलमा राख्न मिल्दैन

टोपबहादुर र बालकृष्णको माग : सँधै जेलमा राख्न मिल्दैन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउन माग गर्दै आरोपित नेताहरु उच्च अदालत पुगेका छन् ।

पूर्वउपप्रधानमान्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेस नेता बालकृष्ण खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा आज पुनरावेदन हालेका हुन् । आफूहरुलाई थुनामा राख्ने जिल्लाको आदेश बदर गरी सामान्य तारिखमा छोड्न उनीहरुले माग गरेका छन् । 

उच्चले उनीहरुलाई थुनामा राख्ने जिल्लाको आदेश पेश गर्न निर्देश गरिसकेको छ । उक्त प्रकरणमा रायमाझी, खाँण र रिजालसहित १६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो । सोहीबमोजिम उनीहरुलाई केन्द्रीय कारागार र नक्खु जेलमा राखिएको छ ।
 

टिप्पणीहरू