विमानस्थलकाे अध्यागमनमा रजिष्ट्ररमा नाम लैख्दै यात्रु छाड्दै

विमानस्थलकाे अध्यागमनमा रजिष्ट्ररमा नाम लैख्दै यात्रु छाड्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका विदेश जान लागेका यात्रुको विवरण रजिष्ट्ररमा लेखेर नेपाल भित्रिन र बाहिरिन दिइएको छ । अध्यागमनका कम्प्युटर सर्भर डाउनपछि झण्डै दुई घण्टादेखि अवरुद्ध भएपछि हातले लेखेर यात्रुलाई आउजाउ गर्न दिइएको हो ।

विमानस्थलमा दिउँसो सवा ३ बजेदेखि भएको सिस्टम डाउनले अध्यागमन डेस्क ठप्प भएको छ । कम्प्युटर नचलेपछि यात्रुहरुको भीड लागेको हो । साढे ४ बजेको इण्डिगो, ५ बजेको भिस्तारा र ६ बजे कतार एअरवेजबाट भारत र दोहा जान लागेको यात्रुहरुको अध्यागमनको प्रस्थान कक्षमा भीड भएको हो ।

तीन वटा उडानका कम्तीमा ४ सय यात्रुको अध्यागमन प्रक्रिया अवरुद्ध भएको विमानस्थल कार्यालय स्रोतले बताएको छ । त्यसैगरी यसबीचमा मुम्बईबाट आएको एउटा र नयाँ दिल्लीबाट आएको दुई वटा उडानका कम्तीमा साढे ४ सय जना यात्रु अध्यागमनको आगमन कक्षमा थुप्रिएका छन् । 

अहिले पौने ५ बजेपछि भिसा लिएर आएका विदेशीलाई रजिष्ट्ररमा विवरण टिपाएर, नेपाली र भारतीय यात्रुलाई लिखित रेकर्ड राखेर पासपोर्टमा आगमनको छाप लगाइएको छ ।

टिप्पणीहरू