कार्गो गरेर ल्याइएको करोडौंको सुन विमानस्थलबाटै गायब

कार्गो गरेर ल्याइएको करोडौंको सुन विमानस्थलबाटै गायब

नेपाललगायत विभिन्न विकासोन्मुख मुलुकमा हवाई यात्रुको लगेज हराउने र चोरिने समस्यालाई पश्चिमा सञ्चारमाध्यमले निकै महत्वका साथ प्रचार प्रसार गर्छन् । तर अहिले क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाटै करोडौँको सुन चोरी भएको खबर बाहिरिएको छ । 

कार्गो गरेर ल्याइएको कन्टेनरबाटै सुन र अन्य बहुमुल्य सामग्री चोरिएपछि त्यसको खोजीमा त्यहाँका सुरक्षा अधिकारीहरु लागेका छन् । प्रहरीका अनुुसार कार्गो कन्टेनरबाट दुई करोड क्यानेडियन डलर बराबरको सुन र बहुमूल्य सामग्री चोरी भएको हो ।

उक्त सुन कहाँबाट कसले ल्याएकोलगायत अन्य कुनै पनि जानकारी त्यहाँको प्रहरीले दिएको छैन ।

टिप्पणीहरू