श्रीमतीद्वारा श्रीमानको घाँटी रेटेर हत्या

श्रीमतीद्वारा श्रीमानको घाँटी रेटेर हत्या

श्रीमान हत्याको आरोपमा दाङकी एक महिला समातिएकी छन् । घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ बर्षीया होटी वलीलाई प्रहरीले हिजो साँझ  पक्राउ गरेको हो । 

होटीका श्रीमान ५५ वर्षीय ओबिराम वलीको अस्ति निधन भएको थियो । राति घरनजिकै घाइते अवस्थामा भेटिएका उनको उद्धार गरि स्थानीयले उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । 

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दा होटीले धारिलो हतियार प्रहार गरी ओबिरामलाई घाइते बनाएको खुलेको हो । स्थानीहरुले पनि श्रीमतीकै कारण ओबिरामको हत्या भएको दावी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक हरीप्रसाद चौधरीले जानकारी दिए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू