विमानस्थलमा वायुसेवाका कर्मचारीलाई खल्ती नभएको पोशाक

विमानस्थलमा वायुसेवाका कर्मचारीलाई खल्ती नभएको पोशाक

नेपाल वायुसेवा निगमले एयरपोर्टमा खटिने आफ्ना कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरेको छ । विमानस्थलमा यात्रुको लगेज ओसारपसारमा कार्यरतलाई खल्ती नभएको लुगा लगाउनुपर्ने नियम बनाइएको हो । 

यात्रुहरुको लगेज फुटेको गुनासो व्यापक आउन थालेपछि यस्तो व्यवस्था गर्नुपरेको निगमले जनाएको छ । त्यस्तै, ब्यागेज ओसारपसार गर्ने ट्रलीहरुमा बार तथा चेन लगाइएको निगमले जानकारी दिएको छ । 

वर्षाको पानीबाट ब्यागेज जोगाउन ट्रलीमा छाना हालिएको छ । ब्यागेज सुरक्षाको निम्ति कर्मचारीहरु खटाइएको छ भने गुनासो सुनुवाइका लागि एयरपोर्टस्थित ‘ब्यागेज ह्याण्डलिङ्ग युनिट’ लाई २४ घण्टा क्रियाशील गराइएको निगमको भनाइ छ । 

सेवा सुधारमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै निगमले गुनासाहरु शुन्यमा झार्न प्रयास भइरहेको जनाएको छ । साथै, कुनै घटना भएमा अन्तर्राष्ट्रिय नियमानुसार उचित क्षतिपूर्ति दिइने जानकारी गराइएको छ ।

टिप्पणीहरू