अमेरिकी टोलीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष निरीक्षण

अमेरिकी टोलीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष निरीक्षण

काठमाडौंस्थित अमेरिकी दूतावासको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकांश स्थानको निरीक्षण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय लागुपदार्थ र सोसम्बन्धी कानुन कार्यान्वयन एजेन्सीका अधिकारीहरु आज  विमानस्थलको विशेष निरीक्षणमा पुगेका छन् ।

दूतावासले विमानस्थल कार्यालय,नेपाल प्रहरी र  अध्यागमन कार्यालयलाई जानकारी गराउँदै निरीक्षण गराएको हो । यसक्रममा ११ जनाको टोलीले विमानस्थलस्थित प्रहरी,अध्यागमन र भन्सार कार्यालयका प्रमुखसँग भेट गरेको छ । उनीहरुले विमानस्थलको आगमन र प्रस्थान कक्षको सुक्ष्म अध्ययन गरेको बताइन्छ । 

विमानस्थलबाट हुनसक्ने लागुपदार्थ ओसारपसारको सम्भावनालाई दृष्टिगत गर्दै अमेरिकी टोलीले काठमाडौं विमानस्थलको निरीक्षण गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ । विमानस्थल निरीक्षण गर्न गएको टोलीमा केइली ओजिमा,केभिन स्कुल्ली, रेमण्ड म्याकडफी,हुग अस्टिन,लिआने टोमे, जेनिफर दास,पिटर एस ग्रीन,सुवास श्रेष्ठ, सनतवरसिंह थापा,स्नेही श्रेष्ठ र आरके भसिन थिए ।

टिप्पणीहरू