पाठकपत्र

ससुरालीका लागि अरुलाई सास्ती

सशस्त्र मुख्यालयको सवारी शाखाका एसपी प्रमोद साहले परिचर प्रेमबहादुर बुढालाई घरमै राखी परिवारका लुगा धुने, खाना पकाउने, भाँडा माझ्नेलगायत घरेलु काममा लगाइरहेका छन् । प्रमोद भर्खरै अवकाश भएका एक डिआइजीको बलमा दुई वर्षदेखि कमाउ शाखाका रूपमा रहेको सवारी शाखामा बसिरहेका हुन् । सोही शाखाअन्तर्गत इन्धन भर्ने र यसको खटनपटन गर्न जिम्मामा केही वर्षअघि लगातार ३ वर्ष बस्दा सहायक हवल्दार रमेश खड्काले ठिमीमा घर नै जोडेका थिए । प्रमोदले बलम्बुस्थित सशस्त्र क्याम्पमा खाना पकाउनका लागि भर्ती…