गृहमन्त्रीकै पूर्वसहकर्मीले सुरक्षा माग्नुपर्ने देश

गृहमन्त्रीकै पूर्वसहकर्मीले सुरक्षा माग्नुपर्ने देश
सुन्नुहोस्

रवि लामिछानेको 'ड्रिम प्रोजेक्ट' भनिएको गोरखा मिडिया प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका पत्रकारहरुले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका छन् । 

त्यहाँ कार्यरत एक सयभन्दा बढी कर्मचारीका तर्फबाट सिडिओ कार्यालयमा निवेदन दर्ता भएको हो । प्रशासनले 'शान्ति सुरक्षा प्रयोजनका लागि प्रहरीमा लेखी पठाउने' उल्लेखसहित आज दर्ता गरेको निवेदनमा लामो समयदेखि प्रशारण बन्द रहेको टेलिभिजन कार्यालयमा हिजोबाट विद्युत आपूर्तिसमेत बन्द भएको र यस्तो स्थितिमा अवाञ्छित हर्कत हुनसक्ने आशंका गरिएको छ । 

सहकारी ठगी प्रकरणमा हाल बेपत्ता रहेका जिबी राई अध्यक्ष र हालका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रवन्ध निर्देशक रहेर भव्य रुपमा शुरु गरिएको टेलिभिजनको प्रशारण २०८० पुस १ गतेदेखि बन्द छ । त्यसयता टेलिभिजनमा गीतमात्र बजिरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले महसुल भुक्तानी नगरेको भन्दै हिजो कार्यालयको लाइन काटेपछि अहिले अन्धकार छ ।  

प्रहरीमा लेखी पठाउने' उल्लेखसहित आज दर्ता गरेको निवेदनमा लामो समयदेखि प्रशारण बन्द रहेको टेलिभिजन कार्यालयमा हिजोबाट विद्युत आपूर्तिसमेत बन्द भएको र यस्तो स्थितिमा अवाञ्छित हर्कत हुनसक्ने आशंका गरिएको छ ।

यता, गत वर्ष जेठदेखि एक सुको पारिश्रमिक नपाएका टेलिभिजनमा कार्यरत पत्रकार र कर्मचारीहरु अहिले कानुनी प्रक्रियामा छन् । यस्तो अवस्थामा टेलिभिजन कार्यालयमा जे पनि हुनसक्ने चिन्ता गर्दै बासु खड्का,अंगराज न्यौपाने र गोविन्द कुँवरले सिडिओ कार्यालयलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन भनेका हुन् । 

'उक्त टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार,कर्मचारी तथा कामदारले उठाएका मुद्दा निरुपण नहुँदासम्म त्यस टेलिभिजनको शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनु हुन् विनम्र अनुरोध गर्दछौँ', निवेदनमा भनिएको छ । 

 

स्मरण रहोस्,गृहमन्त्री रविको 'लोकप्रियता' र जिबीको धनलाई प्रयोग गरेर तामझामका साथ यो टेलिभिजन संचालनमा ल्याइएको थियो । तर, कम्तिमा पाँच वर्षका लागि भनेर प्रवन्ध निर्देशक बनेका रवि वीचमै टेलिभिजन छोडेर राजनीतिमा हाम्फालेपछि संस्था टाट पल्टियो । जिबीले देशभर सहकारीको सञ्जाल खडा गरेर बचतकर्ताको करोडौँ रकम खन्याउँदा पनि टिभी चलाउन नसकेपछि अहिले अलपत्र अवस्थामा छ । 

त्यसबखत रविले आकर्षक सेवा सुविधा प्रस्ताव गरेपछि विभिन्न टेलिभिजन छोडेर ग्यालेक्सीमा गएका दर्जनौँ पत्रकार अहिले एक वर्षदेखिको पारिश्रमिक खोज्दै श्रम अदालत धाइरहेको अवस्था छ ।

टिप्पणीहरू