यता बन्यो नयाँ दल, अध्यक्ष मरुभूमिमा अलमल

यता बन्यो नयाँ दल, अध्यक्ष मरुभूमिमा अलमल

अशोक राई नेतृत्वको नयाँ दल जनता समाजवादी पार्टीले मान्यता पाएको छ । हिजो वरिष्ठ नेता राईसहित सात जना सांसद र ३० जना केन्द्रीय सदस्यले जनता समाजवादी पार्टी नेपालबाट अलगिएर नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । 

आज आयोगले उनीहरुको नयाँ पार्टीलाई मान्यता दिँदै दल दर्ताको प्रमाण पत्र उपलब्ध गराएको छ । पार्टीको दर्ता नम्बर १९८ कायम रहेको जनाइएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको जानकारी दिएको छ ।

उता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले अमेरिकाबाट स्वदेश फर्कने क्रममा कतारबाटै भोलि विहान बैठक बोलाएका हुन् । 

उनी विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा अमेरिका गएका हुने । हिजो कतार आएर घुमघाममा व्यस्त उनी आज राति १ बजे स्वदेश आइपुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू