सिआइडिसिए र एडिबीका प्रतिनिधिसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

सिआइडिसिए र एडिबीका प्रतिनिधिसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) र सियाली विकास बैंक(एडिबी)का प्रतिनिधिहरुले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुबै भेटवार्तामा नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

प्रधानमन्त्री भेट्न सिआइडिसिए अध्यक्ष लु झाउहुई बिहानै बालुवाटार पुगेका थिए । भेटवार्तामा चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतका अधिकारीहरू उपस्थित रहेको जनाइएको छ । 

लगत्तै, एडिबीका उपाध्यक्ष इङमिङ याङले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा एडिबीका नेपालस्थित उच्च अधिकारी सहभागी थिए ।

टिप्पणीहरू