नेपाल र चीनबीच अर्थ मन्त्रालयमा हस्ताक्षरको तयारी

नेपाल र चीनबीच अर्थ मन्त्रालयमा हस्ताक्षरको तयारी
सुन्नुहोस्

अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष लुओ चोउहुईबीच बीच भेटवार्ता हुँदै छ । 

सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल र नेपाली अधिकारीहरुबीच बिहान साढे १० बजे अर्थ मन्त्रालयमा औपचारिक छलफलको कार्यक्रम राखिएको छ । आजै नेपाल र चीनबीच आर्थिक समझदारीमा हस्ताक्षर हुने बताइएको छ ।

हिजो राति पौने १० बजे सारजाँहबाट एअर अरेबियाको उडानमा काठमाडौं आइपुगेको टोलीमा तिओ चुुनशु, उ छिन, यान चियी, चाङ लिआङ, वाङ यी हुन् । त्यसपछि साढे ११ बजे फ्लाई दुबईको उडानमा अध्यक्ष लुओसहित शौ हेइलोङ र लि मिङ काठमाडौं आइपुगेको बताइएको छ ।

टोलीलाई स्वागत गर्न राति काठमाडौंस्थित चिनियाँ राजदू छेन सोङलगायत चिनियाँ कूटनीतिज्ञहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । अध्यक्ष लुओ नेतृत्व टोली आइतबार बिहान एअर चाइनाको उडानमा छन्तु हुँदै स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

यसैबीच तिब्बत स्वायत्त प्रदेशका पार्टी उपसचिव याङ रुई आज काठमाडौं आइपुग्दै हुनुहुन्छ । हिमालयन एअरलाइन्सको उडानमा आउन लाग्नुभएका उहाँ तिब्बत व्यापार प्रवद्र्धन समितिको बैठकमा सहभागी हुने कार्यक्रम छ ।
 

टिप्पणीहरू