मधेशका मुख्यमन्त्रीले चौथो पटक विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्रीले चौथो पटक विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दैछन् ।

यसअघिको गठबन्धनबाट नेपाली काँग्रेस बाहिरिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सदस्य आवश्यक हुन्छ । 

जनता समाजवादी पार्टीका यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन् । आजको विश्वासको मत यादवले चौथो पटक लिन लागेका हुन् ।
 

टिप्पणीहरू