इलाम मतगणना (अपडेट) : एमाले झन् अगाडि, काँग्रेस पछ्याउँदै

इलाम मतगणना (अपडेट) : एमाले झन् अगाडि, काँग्रेस पछ्याउँदै

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा अस्ति भएको उपनिर्वाचनको मतगणनामा एमालेका सुहाङ नेम्वाङले थप फराकिलो अग्रता कायम गरेका छन् । फाक्फोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाका वडा नम्बर १,२,३ र ४ को मतगणना सकिँदा नेम्वाङले १०,४१९ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका डम्बरबहादुर खड्का ७०६२ मतका साथ पछ्याउँदै छन् । पहिचानवादी समूहका स्वतन्त्र उम्मेदवार डेगेन्द्रसिंह लिम्बूले ५७५३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलाई १४५१ मत प्राप्त भएको छ ।

टिप्पणीहरू