इलाम मतगणना : एमाले पाँच हजार मतले अगाडि, काँग्रेसलाई मुढाले पछ्याउँदै

इलाम मतगणना : एमाले पाँच हजार मतले अगाडि, काँग्रेसलाई मुढाले  पछ्याउँदै
सुन्नुहोस्

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा अस्ति भएको उपनिर्वाचनको मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रतालाई थप फराकिलो बनाएका छन् । 

फाक्फोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाका सबै र देउमाई नगरपालिका वडा नम्बर १ को मतगणना सकिँदा नेम्वाङले १३,९०० मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका डम्बरबहादुर खड्का ८९१४ मतका साथ दोस्रो स्थानमा छन् । पहिचानवादी समूहका स्वतन्त्र उम्मेदवार डेगेन्द्रसिंह लिम्बूले ८२८५ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलाई १९४५ मत प्राप्त गरेको बताइएको छ ।
 

टिप्पणीहरू