विशेषको फैसलामा अख्तियार क्रुद्ध, पौने पाँच करोडको मुद्दा सर्वोच्चमा दर्ता

विशेषको फैसलामा अख्तियार क्रुद्ध, पौने पाँच करोडको मुद्दा सर्वोच्चमा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसलाप्रति असहमति जनाउँदै सर्वोच्चमा पुनरावदेन गरेको छ । राजेन्द्र ढुङ्गाना र मधु कोइरालाको मुद्दामा भएको विशेषको आदेशमाथि पुनरावेदनको निम्ति सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिवादी ढुङ्गाना र कोइरालालाई विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा हिजो पुनरावेदन गरिएको हो ।

उनीहरुले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको देखिन आएकाले चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।

टिप्पणीहरू