अमेरिकी भिसा सहज बनाउन रास्वपाको मुख्यालयमा छलफल

अमेरिकी भिसा सहज बनाउन रास्वपाको मुख्यालयमा छलफल
सुन्नुहोस्

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले नेपालीका लागि विद्यमान भीसासम्बन्धी समस्या समाधान गर्ने बताएका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटमा उनले उक्त भनाई राखेका हुन् । 

बनस्थलीस्थित रास्वपा मुख्यालयमा भएको सो भेटमा नेपालको आर्थिक विकास र सुशासनका विषयमा पनि छलफल भएको सो पार्टीले जनाएको छ । सोही क्रममा राजदूत थम्पसनले नेपालीले दिनहुँ भोगिरहेका भीसासम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान उच्च प्राथमिकतामा रहेको जानकारी गराएका थिए । 

भेटमा सांसदसमेत रहेका पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,केन्द्रीय सदस्य प्रतिभा रावललगायतको उपस्थिति रहेको रास्वपाको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

टिप्पणीहरू