विमानस्थलमा सेनाकाे बैठक : रक्षामन्त्रीको अध्यक्षता र प्रधानसेनापतिको उपस्थिति

विमानस्थलमा सेनाकाे बैठक : रक्षामन्त्रीको अध्यक्षता र प्रधानसेनापतिको उपस्थिति

काठमाडौं विमानस्थल, गौचरमा नेपाली सेनाको सैनिक विमान चार्टर उठान बैठक बसेको छ । उपप्रधान तथा रक्षामन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५ औं बैठक आज दिउँसो बसेको बताइएको छ । बैठकमा प्रधान सेनापति प्रभुराम शर्माको उपस्थिति थियो । 

त्यसअघि उपप्रधान तथा रक्षामन्त्री खड्काले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्य एयरवेसको निरीक्षण भ्रमण गर्नुभएको बताइएको छ । प्रधान सेनापति शर्माले स्वागत गरेपछि रक्षामन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराएको सेनाले जनाएको छ । 

उपप्रधान तथा रक्षामन्त्रीले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रहरुमा सम्पादन भएका कार्यहरुको जानकारी लिएको सेनाको विज्ञप्तिमा उल्लेख छ । 

विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोजप्रताप राणा, अन्य रथीहरु, रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकारी र सैनिक हवाई सेवाका अधिकृतहरुको उपस्थिति थियो ।


 

टिप्पणीहरू